Breaking News

वैदेशिक रोजगारीको सपना देखाएर ठगी आरोपमा ३ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको सपना देखाएर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका ४० वर्षीय जगदीश महर, नवलपरासी पूर्व घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र सिन्धुली घ्याङलेकका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ छन् । 

आरोपीहरूलाई बिहीबार काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले बताए ।आरोपी महरले दक्षिण कोरिया पठाउँछु भनेर १७ लाख ८५ हजार असुलेको उजुरी परेको छ । 

डिल बहादुर आलेमगरले सर्बिया पठाउँछु भनेर ८ जनाबाट ५ लाख १० हजार रकम असुलेको पीडितको आरोप छ । अर्का आरोपी श्रेष्ठले रोमानिया सपना देखाएर दुई जनाबाट ६ लाख ५० हजार लिएर सम्पर्कविहीन भएको एसपी भट्टले जानकारी दिए ।


No comments:

Post a Comment

Designed By Published.. Blogger Templates